×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरि कोरोना भाइरस फैलिने त्रासले उहानमा गरियो ६७ लाख मानिसको कोरोना परीक्षण

LAXMI SUNRISE BANK

फेरि कोरोना भाइरस फैलिने त्रासले उहानमा गरियो ६७ लाख मानिसको कोरोना परीक्षण

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना भाइरसको सुरुवाती केन्द्र मानिएको उहान शहरमा फेरि कोरोना फैलिनसक्ने भय निवारणका लागि पछिल्लो १२ दिनमा झन्डै ६७ लाख जनतामा कोरोना परीक्षण गरिएकोसमाचारमा जनाइएको छ । स्थानीय स्वास्थ आयोगका अधिकारीहरुले जारी गरेको तथ्याङ्कमा ६६ लाख ८० हजारभन्दा धेरै जनतामा कोरोना परीक्षण गरिसकिएको उल्लेख छ । 
दोस्रो लहर आउनसक्ने चिन्ता बढेपछि हुवेई प्रान्तमा चीन सरकारले सामूहिक परीक्षणलाई तिव्रता दिएको हो । ब्लुम्वर्ग न्युजले मंगलबार गरेको विश्लेषणअनुसार यसरी परीक्षण गरिएकामध्ये २ सय ६ जनालाई लक्षण बिनाका संक्रमितको सूचीमा राखिएको छ । उहानमा १२ मेइदेखि नै कुनै हालतमा सम्पूर्ण १ करोड १० लाख जनसंख्यामा परीक्षण गर्ने काम सुरु भएको थियो, ७६ दिन लामो लकडाउन खुला गरेपछि फेरि नयाँ संक्रमित भेटिएका कारण दोस्रो लहर रोक्न यस्तो उपाय लगाइएको हो । 
गत सातामात्रै चीनको राष्ट्रिय स्वास्थ नियोगले कोरोना भाइरसको महामारी सुरु भएयता देशमा पहिलोपटक २४ घण्टाभित्र कुनै पनि नयाँ बिरामी नभेटिएको जनाएको थियो । बेइजिङमा सरकारको वार्षिक बैठकमा बोल्दै सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोन नियन्त्रणमा बल्लतल्ल हासिल भएको उपलब्धि गुम्न नदिनका लागि तिव्र परीक्षण र देशको अर्थतन्त्र खोल्ने विषयमा प्रोत्साहन गरिने बताएका थिए । 
उहान स्वास्थ आयोगका अनुसार शनिबारमात्रै एकैदिन शहरभर ११ लाख जनसंख्यामा परीक्षण गरिएको छ । मेइ १२ देखि २४ गतेको अवधिमा परीक्षण तिव्र रुपमा बढाइएको छ । यसको तुलनामा अमेरिकामा परीक्षण निकै कम छ, जहाँ मार्चको सम्पूर्ण महिनामा १० लाखभन्दा कम जनसंख्यामा परीक्षण गरिएको थियो । 
न्युर्योक टाइम्सले मंगलबार प्रकाशित गरेको समाचारहरुअनुसार उहानमा झन्डै ९० प्रतिशतमा सम्पूर्ण परीक्षण भइसकेको छ र शुक्रबारसम्म थप १४ लाख ७० हजारको परीक्षण हुनेछ । यता, झन्डै २ करोड जनसंख्याको अमेरिकाको न्युर्योक शहरमा मार्च ४ यता केवल १७ लाखमा मात्रै परीक्षण भएको छ । डोनाल्ड ट्रम्प प्रशासनले गत अप्रिलमा दैनिक रुपमा ५० लाखमा परीक्षण गरिने दाबी गरेको थियो । तर पछि यसलाई झारेर दैनिक २० लाखमा परीक्षण गरिने भन्यो । तर, सार्वजनिक तथ्याङअनुसार अमेरिकाले अप्रिलको अन्तिम सातायता बढीमा दैनिक २ लाख २० हजारसम्म परीक्षण गर्न सकेको छ । एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी