×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जोगवनी नाकाबाट भित्रिए ३ सय ४ नेपाली

LAXMI SUNRISE BANK

जोगवनी नाकाबाट भित्रिए ३ सय ४ नेपाली

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
माेरङ । लकडाउनको समयमा भारतबाट जोगवनी नाका हुँदै नेपाल आएका ३ सय ४ जना नेपालीहरुलाई मंगलबार साँझ करिब सात बजे विराटनगर भित्रिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भारतका विभिन्न स्थानमा रहेर मजदुरी तथा आआफ्ना पेसा व्यवसाय सञ्चालन गर्दै आएकाहरु नेपाल भित्रिएको जानकारी दिए । भित्रिएका एक सय ९५ जना पुरुष र एक सय नौ जना महिला मध्ये ५० जना १८ वर्ष मुनीका छन् । उनीहरुलाई उद्धार गर्न प्रजिअ भुजेल, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायत नाकामै पुगेका थिए ।
नेपाल भित्रिएकाहरुलाई विराटनगर महानगरपालिका–१३ स्थित डीएभी स्कुलमा बनाइएको ‘होल्डिङ स्टेशन’मा ल्याएर राखिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बताए । उनीहरुलाई ‘होल्डिङ स्टेशन’सम्म ल्याउन बसको व्यवस्था गरिएको थियो । बसमा चढाउनु अघि स्वास्थ्यकर्मीले सबै जनाको प्राथमिक स्वास्थ्य परीक्षण गरेका थिए ।
‘भारतीय पक्षले नेपाल आएका मध्ये केहीलाई आफ्नो क्वारेन्टाइनबाट नेपालस्थित प्रशासनको जिम्मा लगाएको हो,’ प्रजिअ भुजेलले ‘कोही भने धेरै दिनदेखि पैदल यात्रा गर्दै र साइकल चढ्दै नाकासम्म आइपुगेको पाइयो ।’
सीमाबाट भित्रिएपछि उद्धार गरिएका मध्ये २३ जनालाई सुनसरीको दुहवी नगरपालिकाको जिम्मा लगाइएको छ । भित्रिएका मध्ये धेरै जसो झापा, मोरङ र सुनसरीका र केही पश्चिम नेपालका पनि रहेको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरेर ‘होल्डिङ स्टेशन’मा राखिएकाहरुलाई क्वारेन्टाइनमा राख्ने गरी आआफ्नो जिल्लास्थित स्थानीय तहको जिम्मा लगाइने प्रजिअ भुजेलले बताए ।
कोरोना संक्रमण दर उच्च रहेको भारतबाट भित्रिएका कारण दुई सातासम्म क्वारेन्टाइनमा राखेर परीक्षण गर्दै उनीहरुमा कोरोना संक्रमण भएनभएको पत्ता लगाउन आवश्यक रहेको उनको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी