×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौंडाकी २५ वर्षीया महिलामा कोरोना पुष्टि, संक्रमितको घर सिल

LAXMI SUNRISE BANK

हेटौंडाकी २५ वर्षीया महिलामा कोरोना पुष्टि, संक्रमितको घर सिल

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 हेटौंडा
  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा । हेटौंडा १ चौकीटोलकी २५ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि चौकीटोलमा उनी बस्दै आएको घर सिल गरेर सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।
यही जेठ ९ गते चितवनबाट हेटौंडा आएकी उनको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको हेटौंडा अस्पतालका डाक्टर प्रविण श्रेष्ठले जानकारी दिए । उनको आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको डा. श्रेष्ठले बताए । उनलाई हेटौंडाबाट चितवनको भरतपुर अस्पताल लगिएको छ । उनी र उनका श्रीमान चितवनमा रोजगारीमा थिए । उनी चितवनबाट हेटौंडा आएपछि कोरोना परीक्षणका लागि स्वाबको नमूना संकलन गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी