×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आजसम्म १ सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किए’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

LAXMI SUNRISE BANK

‘आजसम्म १ सय ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किए’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना निको हुनेको संख्या एक सय ५५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म एक सय ५५ जना निको भएको जनाएको हो । यस्तै आजसम्म कोरोना संक्रमितको संख्या ७७२ जना पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
सोमबार नारायणी अस्पतालमा उपचारत ४३ जना निको भएर घर फर्किएसँगै कोरोना निको हुनेको संख्या एक सय ५५ पुगेको मन्त्रालयका प्रवक्ता विकास देबकोटाले जानकारी दिए । जसमा १ सय २४ पुरुष र ३१ जना महिला रहेका छन् । आजै मात्र थप ९० जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको हो । कोरोना संक्रमण देशका ४६ जिल्लामा देखिएको छ भने मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी