×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा ११ वर्षिया बालिकासहित २ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १७ पुग्यो

LAXMI SUNRISE BANK

सुदूरपश्चिममा ११ वर्षिया बालिकासहित २ जनामा कोरोना पुष्टी, संक्रमितको संख्या १७ पुग्यो

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २ जनामा कोरोना पुष्टी भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टी भएको हो ।
योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १७ पुगेको छ । पछिल्लो पटक कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुष र अछामको मेल्लेख गाउँपालिकाकी ११ बर्षीय बालिका गरी सुदूरपश्चिममा थप दुई जनामा कोरोना पुष्टि भएको हो। ती बालिका जेठ ८ गते आफ्ना बुवासंगै गौरीफन्टा नाका भएर धनगढी भित्रिएकी थिईन्। उनका बुवामा पनि आईतवार कोरोना संक्रमण पुष्टि भईसकेको छ । उनको सेती अस्पतालमा उपचार भईरहेको छ। 
कैलालीका संक्रमित भने जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा छन् । उनी पनि भारतबाट आएको खुलेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी