×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक युवामा कोरोना पुष्टी भएपछि बर्दिया जिल्ला अस्पताल सिल, सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एक युवामा कोरोना पुष्टी भएपछि बर्दिया जिल्ला अस्पताल सिल, सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखियो

Artha Sarokar

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया । बर्दिया जिल्ला अस्पताल सिल गरिएको छ । ज्वरो आएर अस्पताल भर्ना गरिएका एक युवाको स्वाब परिक्षण रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पताल सिल गरिएको हो । स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीका अनुसार उक्त अस्पतालका कार्यरत १४ जना स्वास्थ्यकर्मीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको आकस्मिक कक्षवाहेक सबै सेवा बन्द गरिएको छ ।
गुलरिया नगरपालिका-१ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवालाई अचानक ज्वरो आएपछि जिल्ला अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परिक्षण गर्दा सोमबार कोरोना पुष्टी भएको थियो । यस्तै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मीहरुको तत्काल स्वाब परिक्षणका लागि पठाइने भएको छ । उनीहरुको रिर्पोट नगेटिभ आएपछि मात्र अस्पतालको सेवा सुचारु हुने बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी