Skip to content
LAXMI SUNRISE BANK

कैलालीमा थप एक जनामा कोरोना संक्रमण पुष्टी, प्रदेशभर संक्रमितको संख्या १५ पुग्यो !

अर्थ सरोकार

Gulmi
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । आज फेरी कैलालीमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको जानकी गाँउपालिका वडा नम्बर ३ का ३८ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पाइएको हो। भारतको गोरखपुरबाट २ जेठमा बाँकेको रुपैडिहा नाका भएर कैलाली आएका उनी सोहीदिन टीकापुर नगरपालिका -८ सत्ती कर्णाली माबिमा बसेको पाइएको छ।
उनी ३ जेठदेखि जानकी गाउँपालिकाको १ सरस्वती माविको क्वारेन्टाइनमा रहेका थिए। कोरोना पुष्टी भएपछि उनलाई टीकापुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका डाक्टर जितेन्द्र कँडेलले जानकारी दिए । यसअघि सोही क्वारेन्टाइनमा रहेका एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो।
योसँगै संख्या कैलालीमा संक्रमित हुनेको संख्या ७ पुगेको छ भने सुदूरपश्चिमभरी संक्रमितको संख्या १५ पुगेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK