Skip to content
LAXMI SUNRISE BANK

अर्घाखाँचीका दुई कोरोना संक्रमितलाई दाङको कोरोना अस्पतालमा लगिने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

अर्घाखाँची । अर्घाखाँचीका कोरोना संक्रमितलाई दाङ पठाइने भएको छ । दाङको कोरोना अस्पतालमा समन्वय गरेर दाङ पठाउन लागिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । रेडक्रसको एम्बुलेन्समा उनीहरुलाई दाङ लैजाने तयारी गरिएको छ । एम्बुलेन्स चालक र उनीहरु दुईजना मात्रै दाङ जानेछन् ।
अर्घाखाँचीमा सोमबार दुई जनामा कोरोना पुष्टि भएको थियो । उनीहरु गाउँकै विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेको छन् । कुनै लक्षण नदेखिएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK