×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्दियाको न्यू कालिका कृषि उपज फार्ममा आगलागी, ८० लाख बराबरको क्षति

PRIME CA
GLOBAL IME BANK

बर्दियाको न्यू कालिका कृषि उपज फार्ममा आगलागी, ८० लाख बराबरको क्षति

१३ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताए  । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् ।
विद्युत लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र बहादुर खड्काले बताए । करीब तीन घण्टाको प्रयासमा प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: