×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा अलपत्र १२ सय नेपालीलाई कन्चनपुर भित्राइँदै, किट अभाव भएकाले परीक्षण भने नहुने

LAXMI SUNRISE BANK

भारतमा अलपत्र १२ सय नेपालीलाई कन्चनपुर भित्राइँदै, किट अभाव भएकाले परीक्षण भने नहुने

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कन्चनपुरले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई सोमबार गड्डाचौकी नाकाबाट नेपाल भित्राउँदै छ । प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले कम्तिमा १२ सय नेपालीहरु भारततर्फ रहेको र उनीहरुलाई मध्याह्नबाट नेपाल भित्राइने जानकारी दिए ।
नेपाल प्रवेश गर्नुअघि उनीहरुलाई नाम, ठेगाना र क्वारेन्टाइनमा बसे–नबसेको विवरणसहितको फारम भराइने छ । सो फाराम भर्न छुटाएमा जिल्ला प्रवेश गर्दा कठिनाई हुने भएकाले अनिवार्य रुपमा फारम भर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘कतिपय नेपाली भारतको क्वारेन्टाइनमा बसेका छन्, कतिपय त्यत्तिकै अलपत्र अवस्थामा छन्, उनीहरुलाई सिमानामा व्यक्तिगत विवरणसहितको एउटा सानो फारम भराएर र ज्वरो नापेर भित्राउँछौं ।’
तर, किट अभाव भएकाले उनीहरुको कोरोना परीक्षण भने हुने छैन । प्रजिअ खतिवडाले भने, ‘धेरै जना भएकाले अहिले उनीहरुको कोरोना परीक्षण गर्न सम्भव भएन ।’ नेपाल प्रवेश गराउँदा हरेकलाई एउटा सर्जिकल मास्क र एक बोतल पानी दिइने प्रजिअ खतिवडाले जानकारी दिए । नेपाल प्रवेश गरेकाहरुलाई भन्सार क्षेत्रको कम्पाउन्ड र गड्डा चौकी नजिकैको एउटा स्कुलमा राख्ने व्यवस्था मिलाइएको छ । त्यहाँ उद्योग वाणिज्य संघ लगायतले खाना खुवाउने प्र्रवन्ध मिलाएका छन् ।
‘सुदूरपश्चिम प्रदेशका र अन्य प्रदेशकालाई अलग–अलग राख्छौं र बसको व्यवस्था गरेर उनीहरुको घरसम्म पुर्याउने व्यवस्था मिलाउँछौं,’ प्रजिअ खतवडाले भने । यसअघि गत चैत ९ गतेसम्म गड्डाचौकी नाकाबाट ७० हजार नेपाली भित्रिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी