
- अर्थ सरोकार सम्बाददाता
बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट सेना परिचालनसहितको निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको हटस्पट बनेको उक्त स्थानलाई आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काका अनुसार नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित रहेका छन् । नेपालमा ३ जनाको कोरोनाबाट मृत्यु भएकोमा एक नरैनापुरकै हुन् । गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित पुगिसकेका छन् ।
भारतबाट आएकाहरुमा संक्रमित देखिएको र अवस्था नियन्त्रणबाहिर गएपछि गाउँपालिकाले प्रदेश र केन्द्र सरकारको सहयोग मागेको थियो । गाउँमा आतंक फैलिएको, क्वारेन्टिनको लागि बजेट अभाव भएको, स्वास्थ्यकर्मीको अभाव रहेको लगायतका समस्या गाउँपालिकाले भोगिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्