×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आन्तरिक हवाई उडान सञ्चालन निर्देशिका बन्दै, एकसाताभित्रै पारित हुने

LAXMI SUNRISE BANK

आन्तरिक हवाई उडान सञ्चालन निर्देशिका बन्दै, एकसाताभित्रै पारित हुने

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बन्दाबन्दीले दुई महिनादेखि मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन छ । यो अवस्था कहिलेसम्म रहने हो अहिले नै अनुमान गर्न नसकिने अधिकारी बताउँछन् । बन्दाबन्दी खुलेपछि मुलुकको आन्तरिक उडान सञ्चालनबारे नियामक निकायले पहल गरिरहेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई समेत अपनाएर आन्तरिक उडान सञ्चालनका लागि निर्देशिका बनाउने अन्तिम तयारीमा प्राधिकरण जुटेको छ । मस्यौदाका रुपमा तयार भएको निर्देशिका एकसाताभित्रै पारित गरेर सबै विमानस्थल र एयरलाइन्सलाई पठाइने प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । “आन्तरिक उडान सञ्चालनका लागि छिट्टै निर्देशिका ल्याउँदैछौँ, कार्यालयसम्बन्धी निर्देशिका बनाएर सबै कार्यालयमा पठाइसकेका छौँ”, उनले भने ।
निर्देशिकामा स्वास्थ्य मापदण्डअनुरुप सामाजिक दूरी कायमदेखि स्वास्थ्य सतर्कताका लागि सेनिटाइजर, मास्क उपयोग गर्नेजस्ता विषय समेटिने छन् । जहाजको हालको सिट पनि हेरफेर हुनेछ, यसको विस्तृत कार्यको टुङ्गो लागि नसकेको प्राधिकरणले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी