×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संक्रमितको सम्पर्कमा आएका ४ चिकित्सकसहित ७ जना क्‍वारेन्टाइनमा, १३६ जनाको स्वाब संकलन

LAXMI SUNRISE BANK

संक्रमितको सम्पर्कमा आएका ४ चिकित्सकसहित ७ जना क्‍वारेन्टाइनमा, १३६ जनाको स्वाब संकलन

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डडेल्धुरा
  • अर्थ सरोकार सम्बाददाता 

डडेल्धुरा । डडेल्धुराका कोरोना संक्रमित युवकको सम्पर्कमा आएका ३६ सहित एक सय ३६ जनाको थ्रोट स्वाब संकलन गरिएको छ । जिल्लामा पहिलो पटक शुक्रबार सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिएपछि संक्रमित युवकको सम्पर्कमा आएका ३६ जना र अन्य एक सय जना क्‍वारेन्टाइनमा बसेकाहरूको स्वाब संकलन गरिएको हो । 

डडेल्धुराको परशुराम नगरपालिका १० का २८ वर्षीय ती युवकमा शुक्रबार कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएका १५ जना परिवारका सदस्य, पाँच जना पत्रकार, १० जना स्वास्थ्यकर्मी र होटल सञ्चालकसहित ६ जनाको शनिबार थ्रोट स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका भेक्टरकन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए ।
उनका अनुसार शनिबार बगरकोटमा अजयमेरु र भागेश्वर गाउँपालिकाको क्‍वारेन्टाइनमा बसिरहेको ६४ जनाको पनि स्वाब संकलन गरिएको छ। अमरगढी र नवदुर्गाको क्‍वारेन्टाइनमा बसेका ३० जनाको समेत स्वाब संकलन गरिएको छ । परशुराम नगरपालिकाको क्‍वारेन्टनमा बसिरहेका ६ जनाको पनि स्वाब संकलन गरिएको उनले जानकारी दिए । शनिबार नै संक्रमित कर्मचारी कार्यरत कार्यालयका अन्य कर्मचारीसहित १८ जनाको आरडिटी परीक्षण गरिएको छ। उनीहरू सबैको रिपोर्ट नेजेटिभ आएको कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति भट्टले बताए ।
  
शनिबार संकलन गरिएको स्वाब परीक्षणका लागि आइतबार धनगढी प्रयोगशाला कैलाली पठाइएको जानकारी दिए। कोरोना देखिएका ती युवक डडेल्धुरास्थित एक सरकारी कार्यरत कर्मचारी रहेको र उनी विभिन्न योजनाका काममा सक्रिय देखिएकोले कोरोना परीक्षणको दायरा अझ बढाउनुपर्ने यहाँका स्थानीयहरूको भनाइ छ। कोरोना संक्रमित व्यक्ति डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा उपचारत छन्। उनको स्वास्थय अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 
संक्रमित युवक बस्ने आवास तथा चार सरकारी कार्यालय सिल गरिएको छ। शुक्रबार सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरिएको हो । यस्तै  डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सकसहित ७ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । 
डडेल्धुरा अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका ती युवकलाई स्क्रव टाइफसको उपचार गरि घर फर्केका थिए । उक्त युवको स्वाब संकलन परीक्षण पछि कोरोना पोजिटिभ देखिएको थियो। स्वाब संकलनमा खटिएका चिकित्सक र अन्य स्टाफलाई क्‍वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए ।
डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकामा स्क्रब टाइफस देखिएको अस्पालले जनाएको छ। स्वाब सकंलनपश्चात युवकलाई घरमै आराम गर्न सुझाउँदै अस्पतालले स्क्रब टाइफसको उपचार गरी घर पठाइएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी