×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

थाइल्याण्डले बाँदरमा कोरोनाको खोप परीक्षण गर्यो, कहिले आउँछ रिपोर्ट ?

LAXMI SUNRISE BANK

थाइल्याण्डले बाँदरमा कोरोनाको खोप परीक्षण गर्यो, कहिले आउँछ रिपोर्ट ?

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । थाइल्याण्डमा पनि कोभिड १९ को खोप परीक्षण गर्न थालिएको छ । शनिबार मात्रै थाइल्याण्डले बाँदरमा खोपको परीक्षण गरेको छ । यहाँका उच्च शिक्षा, विज्ञान तथा अनुसन्धान मन्त्री सुभित माइसिन्सीले बाँदरमा खोप परीक्षण गर्ने पहल सुरु गरेका हुन् । यस अनुसन्धानको प्रभावकारिताको प्रष्ट परिणाम सेप्टेम्बरमा आउने बताइएको छ ।
‘यो प्रोजेक्ट थाइ नागरिकका लागि मात्रै नभएर सिंगो मानवजातिका लागि नै हो,’ प्रधानमन्त्री प्रयाथ चान ओचाले भने । साथै खोप विकास गरेर विश्व समुदायको श्रमशक्तिमा आफूहरु जोडिने उनको भनाइ छ । थाइल्याण्डले बुधबार नै खोप विकास गरेको घोषणा गरेको थियो । कम्तिमा १ सय सम्भावित खोपमध्ये एउटा खोपलाई थाइल्याण्डले अघि सारेको हो । जुन सफल भएमा अर्को वर्षसम्मा उसको उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
थाइल्याण्डले दुई उत्पादकहरुका लागि खोप संकलन गर्न थालेको पनि मन्त्री सुभितले बताए । गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ महामारीका कारण हालसम्म विश्वभर ५० लाख बढी संक्रमित भएका छन् भने ३ लाख भन्दा धेरैको मृत्यु भइसकेको छ । थाइल्याण्डमा राष्ट्रिय खोप संस्थान, चिकित्सा विज्ञान विभाग र चुलालोंकोर्न विश्वविद्यालयको खोप अनुसन्धान केन्द्रले संयुक्त रुपमा खोप विकास गरेका हुन् । -एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी