×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संघीय संसदको लोगो परिवर्तन गरिने

LAXMI SUNRISE BANK

संघीय संसदको लोगो परिवर्तन गरिने

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले नेपालको अद्यावधिक नक्सा जारी गरेपछि संसदको लोगोमा प्रयोग भएको नक्सा परिवर्तन गर्नुपर्ने भएकाले समिति सो निर्णय गरेको हो । संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले सरकारले नेपालको परिवर्तित नक्सा राजपत्रमा प्रकाशन गरेपछि लोगोमा प्रयोग भएको नक्सा सोही अनुसार परिवर्तन गर्ने निर्णय गरिएको बताए ।
संघीय संसदका दुबै सदनमा सांसदहरुले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउनका लागि प्रतिनिधिसभालाई अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम २२१ अनुसार सांसदहरुको पोशाक र संघीय संसदको प्रतिक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था छ । बैठकले जेठ १२ गतेका लागि बोलाएको बैठक एक दिन पर सारेको छ । १२ गते मुस्लिम समुदायको पर्व इदुल फित्र परेकाले बैठक एकदिन पर सारिएको हो । बैठक १३ गते ११ बजे बस्ने छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी