×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिल्लीबजार कारागारमा कैदी बन्दीहरुबीच झडप, ३ जना घाइते

LAXMI SUNRISE BANK

डिल्लीबजार कारागारमा कैदी बन्दीहरुबीच झडप, ३ जना घाइते

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । डिल्लीबजार कारागारमा कैदी बन्दीहरुबीच झडप भएको छ । नाइके परिवर्तन गर्नुपर्ने भन्दै कैदी बन्दीहरुबीच झडप भएको हो । उक्त झडपमा ३ जना घाइते भएको र एकजनालाई अस्पताल लगिएको बताइएको छ ।
कारागार भित्र रहेको एक ब्लकका नाइके गोकुल गिरीले अन्य कैदीबन्दी माथि अत्याचार गरेको भन्दै नाइके परिवर्तन गर्न माग गर्दै कैदीबन्दी बीच आन्दोलन भएको थियो । आन्दोलनमा गिरी पक्षधर र अन्य कैदी बन्दीहरुबीच झडप भएको थियो ।
आइतबार बिहान ९ बजेर ४५ मिनेटमा झडप भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको थियो । त्यसलगत्तै कैदीबन्दीको माग बमोजिम नाइके गोकुल गिरीलाई अर्को ब्लकमा सरुवा गरेपछि अहिले स्थिति सामान्य बनेको स्रोतले जनाएको छ । स्रोतका अनुसार नाइके गिरीले उधारो बन्द गर्दै कैदी बन्दीमाथि कुटपिट तथा अत्याचार गर्ने गरेपछि झडपको स्थिति आएको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी