×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतारमा झण्डै सात हजार नेपाली कोरोना सङ्क्रमित, अन्य देशमा कस्तो छ अवस्था ?

LAXMI SUNRISE BANK

कतारमा झण्डै सात हजार नेपाली कोरोना सङ्क्रमित, अन्य देशमा कस्तो छ अवस्था ?

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कतारमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या झण्डै सात हजार पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार शनिबार साँझसम्ममा कतारमा ६ हजार ९ सय ११ जना नेपाली सङ्क्रमित भएका हुन् । अघिल्लो हप्ता २५ सय नेपाली सङ्क्रमित भएकोमा यो हप्ता मात्रै थप ४४ सय ११ जनालाई कोरोना सङ्क्रमण देखिएको एनआरएनएको स्वास्थ्य समितिको तथ्याँक छ ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपालीका मुख्य श्रम गन्तव्य अर्को देश यूएई ५ सय नेपाली सङ्क्रमित भएका छन् । यस्तै अहिलेसम्म साउदीमा १३ सय ६४, बहराइनमा ३३१, कुवेतमा ८४, मलेसियामा ५५ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।
यस्तै समितिका संयोजक डा. सापकोटाका अनुसार यो सातामात्रै यूएईमा थप ९ जनासहित कोरोनाको कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या १८ पुगेको छ । यस्तै साउदीमा यो साता पाँच जनासहित अहिलेसम्म ७ जना नेपालीको कोरोनाको कारण ज्यान गएको छ । बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी