Skip to content
LAXMI SUNRISE BANK

फेरी थपिए सुदूरपश्चिम प्रदेशमा पाँच जना कोरोना संक्रमित, बैतडी र डडेल्धुरामा पहिलो पटक सक्रमित फेला !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा पुन: ५ जना कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिमप्रदेशमा पुन: ५ जना कोरोना संक्रमित व्यक्ति फेला परेको जनाएको हो । 
मन्त्रालयका अनुसार कैलालीमा तीन, बैतडी र डडेल्धुराका एक/एक जनामा कोरोना संक्रमण पुष्टि हो । धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको नतिजा पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्‍ठले जानकारी दिए ।
कैलालीको जानकी गाउँपालिकाका तीनजना, डडेल्धुराको परशुराम नगरपालिका एकजना र बैतडीको शिवनाथ गाउँपालिकाका एकजनामा कोरोना पुष्टी भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK