×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि ‘डिस्चार्ज’

LAXMI SUNRISE BANK

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि ‘डिस्चार्ज’

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रेपलाञ्चोक । कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ । 
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ सो अस्पतालमा पुर्याइएको केही समयपछि नै मृत्यु भएको थियो । उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डा.रमेश माकजुले जानकारी दिए । उनका अनुसार आजै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको (डिस्चार्ज) छ । महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसनकक्षमा राखी उपचार भइरहेको निर्देशक डा.माकजुले बताए ।
उनका अनुसार शिशुलाई शुरुका दिनमा हल्का जण्डिस देखिएको र शरीरका आएका स–साना बिमिरा दैनिकरूपमा बालरोग विशेषज्ञको निगरानीले आजसम्ममा निको भएकाले डिस्चार्ज गरिएको हो । शिशुको दुईपटक र मृतक महिलाको आफन्तको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । 
अस्पतालले डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वारेन्टिनमा राख्न र क्वारेन्टिनबाट डिस्चार्ज गर्नुपूर्व आरडिटी गर्न सुझाव दिएको छ । ‘यसबीचमा नवजात शिशु वा परिवारका अन्य सदस्यमा कोभिड–१९ का लक्षण देखापरे मात्र पिसीआर परीक्षण दोहोर्याउनुपर्ने हुन्छ’, निर्देशक डा.माकजुले भने । उनका अनुसार १० दिनकी महिलाको कोरोनाका कारण मृत्यु भएलगत्तै उनका शिशुसहित आफन्तको परीक्षणका लागि स्वाब सङ्कलन गरी सावधानीपूर्वक आसोलेसनमा राखिएको थियो ।
मृतकका श्रीमान्का अनुसार वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भइ सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि उनलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो । बाह्रबिसेस्थित अस्पतालमा आरडिटीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उपचारार्थ धुलिखेल ल्याइएको परिवारले जनाएको थियो । गत शनिबार साँझमात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती महिला कारोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । मन्त्रालयकाअनुसार कोरोनाबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो । ती महिलासहित नेपालमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । – रासस 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी