×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयको गम्भिर त्रुटि, जसकारण फैलियो गाउँमै त्रास

LAXMI SUNRISE BANK

कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयको गम्भिर त्रुटि, जसकारण फैलियो गाउँमै त्रास

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको दैनिक विवरण सार्वजनिक गर्दा नियमित जसो त्रुटि गर्न थालेको छ । मन्त्रालयले स्पष्टसँग नलेख्दा संक्रमित नै नभएको ठाउँका सर्वसाधारणमा त्रास फैलिएको छ ।
मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीको हस्ताक्षरसहित शुक्रबार बिहान ९ बजे सार्वजनिक भएको विज्ञप्तिमा गोडैता नगरपालिकाको ८, ९, ११, १३ र १४ नम्बर वडा र रामनगर बहुअर्वा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८र ४९ वर्षका र १८ वर्षीय महिला संक्रमित रहेको भनिएको छ ।
यो सूचना सार्वजनिक हुनेवित्तिकै सर्लाहीको रामनगरमा १५ संक्रमित भेटिएको हल्ला फैलियो । जसकारण गाउँमा त्रास सिर्जना भयो । रामनगर–७ का वडाध्यक्ष रामसोगारथ तेलीका अनुसार रामनगरबाट जम्मा परीक्षण भएको संख्या नै ११ जना थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी