×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश ५ को तराई जिल्लामा २ सय र पहाड जिल्लामा ५० वेडको आइसोलेसन केन्द्र बनाउने

LAXMI SUNRISE BANK

प्रदेश ५ को तराई जिल्लामा २ सय र पहाड जिल्लामा ५० वेडको आइसोलेसन केन्द्र बनाउने

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – प्रदेश ५ को मन्त्रिपरिषद्को वैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने भएको छ । बैठकले त्यस्ता केन्द्र बनाउन कोभिड कोषबाट रकम दिन निर्णय गरेको हो । आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र कोभिड १९ को लक्षण देखिएका बिरामीलाई राखिने छ।
बैठकले आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रस्तुत गर्नको लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले यस अघि निधन भएका प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको परिवारलाई बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी