×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतारमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु

LAXMI SUNRISE BANK

कतारमा कोरोना संक्रमणबाट एक नेपालीको मृत्यु

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दोहा । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण कतारमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका एक युवक रहेको बताईएको छ । अन्य सङ्क्रमित नेपालीहरुको कतार सरकारले नि: शुल्क रुपमा उपचार गरिरहेको कतारस्थित नेपाली दूताबासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।
कतारमा कोरोना सङ्क्रमितको सङ्ख्या केहि दिनदेखि ह्वातै बढेको छ । सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी कामदार रहेको जनाइए पनि कतारले राष्ट्रियता नखुलाउँदा सङ्क्रमित नेपालीको सङ्ख्या कति छ कुनै जानकारी छैन ।
कतारमा पछिल्लो २४ घण्टामा ५,०४५ जनामा गरिएको परिक्षणमा थप १,५५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको, ६८८ जनालाई निको भएको र एक जनाको मृत्यु भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतारमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३८६५१ पुगेको छ । अहिलेसम्म ७२८८ जना पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् भने अहिलेसम्म १७ जनाको मृत्यु भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी