
- अर्थ सरोकार सम्बाददाता
रसुवागढी । रसुवागढी नाकामा काम गर्ने सुरक्षाकर्मीलाई जाँच परीक्षणमा सहज बनाउन चीन सरकारले आवश्यक सहयोग सामग्री हस्तान्तरण गरेको छ । बिहीबार हस्तान्तरित सामग्रीमा ब्यागेज स्क्यानर , वाक थ्रु गेट एक/एक थान एवं मेटल डिटेक्टर पाँच थान रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए ।
एकीकृतरूपमा भन्सारलगायत सुरक्षा अङ्गलाई व्यवस्थित जाँच परीक्षण भवनको निर्माण अगाडि बढिरहेको छ । यस्तो अवस्थामा सुरक्षा अङ्गबाट हातले छामेर भए पनि आफ्नो जिम्मेवारी पूरा गरिरहेको र प्राप्त सहयोग सामग्रीले जाँच परीक्षणमा थप मद्दत पुगेको सशस्त्र प्रहरी २१ नं गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बताए ।
यसअघि पनि चीन सरकारले कोभिड–१९ लाई ध्यानमा राख्दै रसुवा जिल्लालाई तीन चरणमा खाद्य तथा स्वास्थ्य सामग्री प्रदान गरिसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्