×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना असर : चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य निश्चित नगर्ने

LAXMI SUNRISE BANK

कोरोना असर : चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य निश्चित नगर्ने

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चीनले यो वर्ष आर्थिक वृद्धिदरको लक्ष्य निश्चित गर्नेछैन । शुक्रबार बिहान चीनको वार्षिक संसदीय बैठक नेशनल पिप्लस कांग्रेसमा करिब तीन हजार प्रतिनिधी समावेश छन् । एनपीसीको बैठकमा बजेटलाई मञ्जुरी दिइन्छ र साथै अर्थव्यवस्थाको वृद्धिको लक्ष्य पनि निश्चित गरिन्छ । तर यसपटक चीनले आर्थिक वृद्धिदरको कुनै लक्ष्य निश्चित नगर्ने बताएको छ ।
चीनका प्रधानमन्त्री ली केचियांगले भने, ‘यस्तो यसकारण छ किनभने हाम्रो देश केही कुरासँग जुधिरहेको छ र यस्तो अनिश्चितताले भरिएको समयमा प्रगतिको अनुमान लगाउन मुश्किल छ । यो अनिश्चितता कोभिड–१९ का कारण सृजित भएको छ किनभने यसले संसारभरीको अर्थव्यवस्थालाई प्रभावित पारेको छ र व्यवसायमा पनि प्रतिकूल असर परेको छ । ’
चीनको बजेट घाटा पनि सन् २०१९ को तुलनामा बढेको छ । सन् १९९० देखि चीनले आर्थिक वृद्धिको लक्ष्य प्रकाशित गर्न सुरु गरेको थियो र त्यतिबेलादेखि यो लगतार जारी छ । पहिलो पटक चीनले जीडीपीको कुनै लक्ष्य तय गरेको छैन ।
प्रधानमन्त्री ली केचियांगका अनुसार कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि सरकारले एक ट्रिलियन युआन थप दिनेछ । ली कोचियांगले चीले अमेरिकासँग ट्रेड डिलबारे कुरासमेत गर्ने बताएको छ । ताइवानबारे केचियांगले चीन आफ्नो सम्प्रभुताको विषयमा अडिग भएको बताए । – एजेन्सी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी