×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : के छ भारतमा महामारीको पछिल्लो अवस्था ?

LAXMI SUNRISE BANK

कोरोना अपडेट : के छ भारतमा महामारीको पछिल्लो अवस्था ?

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख १८ हजार नाघेको छ । भारतमा एक लाख १८ हजार चार सय ४७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ८८ नयाँ संक्रमित फेला परेका हुन् । 
यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तीन हजार ५८३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भइरसबाट १४८ जनाको मृत्यु भएको हो । भारतमा अहिलेसम्म ४८ हजार पाँच सय ३४ संक्रमित निको भएर घर फर्किएका छन् ।
भारतको महाराष्ट्रमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४२ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ४५४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । यस्तै तमिलनाडुमा अहिलेसम्म १३ हजार ९६७ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा ९४ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १२ हजार ९०५ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ७७३ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या पाँच हजार ९८१ संक्रमित फेला परेका छन् । यो राज्यमा २७० जनाको मृत्यु भइसकेको छ ।
भारतको पश्चिम बंगालमा तीन हजार १९७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २५९ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या पाँच हजार ५१५ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १३८ जनाको मृत्यु भएको छ । बिहारमा एक हजार ९८२ संक्रमित पुग्दा ११ जनाको मृत्यु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी