
- अर्थ सरोकार सम्बाददाता
बुटवल । कोरोनाका कारण मृत्यु भएका गुल्मीका पुरुषको उपचारमा संलग्न १० जना स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ आएको छ । अर्घाखाँंची सन्धिखर्कको छाया पोलिक्लिनिकका डाक्टरसहित १० जना स्वास्थ्यकर्मीको आरटी पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएपछि उनले जेठ १ गते दुई घण्टा रहेर चेकजांच गराएको उक्त पोलिक्लिनिकका दशजना स्वास्थ्यकर्मीमा कोरोना परीक्षण गरिएको थियो । जेठ २ गते प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएको स्वाबको परीक्षणको रिपोर्ट बिहीबार नेगेटिभ आएको हो ।
छाया पोलिक्लिनिकबाट रुपन्देहीको क्रिमसन अस्पतालमा भर्ना भएका उनको उपचारमा संलग्न डाक्टर, नर्स र तीनजना आफन्तसहित २९ जनामध्ये रिपोर्ट आएका जति सबैको नेगेटिभ रिपोर्ट आएको छ भने केहीको रिपोर्ट आउन बाँकी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्