
- अर्थ सरोकार सम्बाददाता
डोटी । डोटीमा कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीमा केही खुकुलो भएपछि अहिले बजारमा स्थानीयवासीको चहलपहल एकाएक वृद्धि भएको छ। बन्दाबन्दी खुकुलो भएपछि अहिले पिकनिक जानेहरुको पनि भीड लाग्ने गरेको छ। यहाँका बिभिन्न पिकनिक स्पोर्ट तथा पर्यटकीय क्षेत्रमा भीडभाड लाग्ने गरेको स्थानीयको गुनासो छ।
अत्यावश्यक कामकाज सञ्चालनका लागि लकडाउनलाई केही खुकुलो बनाइएपछि सुनसान बनेका यहाँका प्रमुख व्यापारी केन्द्र दिपायल, पिपल्ला, राजपुरलगायत जिल्ला सदरमुकाम सिलगढीमा स्नाथीयवासीको निकै चहलपहल बढेको हो। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामका लागि केही कार्यालयका कामकाज सामाजिक दूरी कायम गरी सञ्चालन गर्न दिने आदेश दिएपछि कार्यालय पुःन सञ्चालन भएसँगै स्थानीयवासीको चहलपहल बढेको हो। बजारमा सरसामान किनमेल गर्नेलगायत घुमफिर गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ।
बजारमा हिँडडुल गर्ने तथा सरसामान किनमेल गर्नेले सामाजिक दूरी कायम गरेको पाइँदैन। लकडाउन खुकुलो भएसँगै बजारमा स्थानीयवासीको बिहानदेखि साँझसम्म बाक्लो उपस्थिति हुने गरेको दिपायलका गाविन्द जोशीले बताए। उनले भने, “अन्य ठाउँमा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, डोटीमा लकडाउन खुकुलो बनाइएपछि चहलपहल बढेको छ, सार्वजनिक स्थानमा मानिसको बाक्लो उपस्थिति हुँदै आएको छ।”
यहाँका ग्रामीण भेगका नागरिक अत्यावश्यक सेवा लिन जिल्ला सदरमुकाम तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका बैंक, विद्युत, दूरसञ्चार, सडक, कृषि, केही उद्योगलगायत सरकारी कार्यालयमा आउने गरेका छन्। लकडाउनभन्दा पहिले काम सञ्चालन भएका योजनाको भुक्तानी लिन, योजनासम्बन्धी काम बुझ्न, तरकारी खेतीमा लागेको रोग किरा नियन्त्रणलगायत खेतीपातीको समय भएकाले बीउबिजनका लागि स्थानीयवासी जिल्ला तथा पुरानो क्षेत्रीय सदरमुकाम आउन थालेका छन्।
कोरोनाको त्रासका कारण पनि स्थानीयबासी आफ्ना महत्वपूर्ण काम लिएर सेवा लिन आउने गरेको दिपायल सिलगढी नगरपालिका–४ का प्रेमसिंह धामीले बताए। उनले भने, “अहिले बजार तथा कार्यालयमा दैनिक १२र१५ जनाभन्दा बढी नागरिक कामका लागि सदरमुकाम आउन थालेका छन, बजारमा निकै चहलपहल छ, तर रोक्न कसैले सकेको छैन।”
त्यसैगरी यहाँका प्रमुख बजारमा यतायातका सवारी साधान पनि निर्वाधरूपमा सञ्चालन भइरहेका छन्। बजारमा जिप, मोटरसाइकल, टयाम्पु, ट्र्याक्टरलगायत साधन निर्वाधरूपमा चलिरहेको स्थानीयवासी बताउँछन्। जिल्लाभरिमा यतायातका साधन पनि सञ्चालन भएसँगै सदरमुकाम वरपरका नागरिक सेवा लिनका लागि जिल्ला सदरमुकाम आउने गरेका छन्। लकडाउनलाई केही खुकुलो बनाइएपछि गाउँमा सम्पन्न भएका योजनाको बजेट लिनका लागि बैंकमा भुक्तानी लिन आउने गरेका कारण बैंकमा एकाएक भीड देखिने गरेको राष्ट्रिय वाणिज्य बैंक दिपायलका कर्मचारी गणेशबहादुर विष्टले बताए।
बजारमा स–साना केटाकेटीदेखि वृद्ध उमेरका मानिस दैनिक घुमिरहेका देख्न सकिन्छ। लकडाउन खुकुलो भएसँगै यहाँका सार्वजनिकस्थलमा समेत स्थानीयवासीको भीड लाग्ने गरेको दिपायल सिलगढी–५ का किरण भण्डारीले बताए। उनले भने, “पहिले लकडाउन हुँदा सबै आफ्नै घरमा थिए, अहिले खुकुलो भएपछि सबै सडक र सार्वजनिक ठाउँमा जम्मा हुने गरेका छन, कोरोना नियन्त्रण तथा रोकथाम गर्ने हो भने लकडाउनमा कडाइ हुनुपर्छ।”
त्यस्तै यहाँका बजारमा रहेका तरकारी पसलमा पनि उपभोक्ताको भीड लाग्न थालेको छ। यहाँका बजारमा स्थानीयवासीको चहलपहल बढेसँगै जिल्लामा कोरोनाको सङ्क्रमण फैलिनसक्ने भन्दै कतिपय स्थानीयवासीमा त्रास फैलिन थालेको स्थानीयवासी मानबहादुर धामीले बताए। उनले भने, “बजारमा लकडाउनको कुनै असर छैन, जो जहाँ मनलाग्यो त्यसै घुमिरहेका छन्, जसले गर्दा समस्या निम्त्याउन सक्छ।”
नागरिकलाई अत्यावश्यक कामका लागि सहज बनाउन लकडाउनमा केही सहज गरे पनि बिनाकारण बजार तथा सार्वजनिक स्थानमा जम्मा हुने भीडभाड गर्नेरगराउनेलाई नियन्त्रणमा लिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नागरिकको अत्यावश्यक समस्या समाधानका लागि खुकुलो बनाइएको लकडाउनको फाइदा उठाइ बिनाकाम जताततै डुल्नेलाई कारवाही गर्नका लागि यहाँको प्रहरी प्रशासनले अनुगमन गर्ने तयारी गरेको भएको छ। -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्