×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘पछिल्लो २४ घण्टामा ३४१३ जनाको पिसिआरबाट कोरोना परीक्षण भयो’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

LAXMI SUNRISE BANK

‘पछिल्लो २४ घण्टामा ३४१३ जनाको पिसिआरबाट कोरोना परीक्षण भयो’ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ हजार ३६ जनाको नमूना परीक्षण भएको छ । ३ हजार ४ सय १३ जनाको पिसिआर र ३ हजार ६ सय २३ जनाको आरडिटि गरी ७ हजार ३६ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुने नमूनाको संख्या १ लाख १७ हजार ४ सय ३१ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। ३८ हजार ७ सय ३६ जनाको पिसिआर र ७८ हजार ६ सय ९५ जनाको आरडिटिबाट परीक्षण भएको हो । 
यस्तै नेपालमा संक्रमितको संख्या ४५३ पुगेको छ भने मृतकको संख्या तीन पुगेको छ । साथै बिहिबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना उपचारपछि डिस्जार्च भएका छन् । यो सँगै नेपालमा डिस्जार्च हुनेको संख्या ४९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी