कैलाली । बन्दाबन्दीकाबीच वितरित राहत चामल गुणस्तरहीन तथा कीरा भेटिएपछि धनगढी उपमहानगरपालिकामा आपूर्तिको ठेक्का पाएको फार्मलाई कारवाहीका लागि सिफारिस गरिएको छ । उपमहानगरपालिकाले बुधबार पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो ।
उपमहानगरपालिकाबाट दोस्रो चरणको राहत आपूर्ति गर्ने ठेक्का पाएको ठाकुर ट्रेड लिङ्क धनगढीले वडा नं १, २, ४ र ५ का लागि उपलब्ध गराएको चामलमध्ये २० हजार १० किलो गुणस्तरहीन रहेको प्रतिवेदन ल्याएपछि छानबिन समितिकै सिफारिसमा सार्वजनिक खरिद ऐन २०६३ बमोजिम कालोसूचीमा राख्नुपर्ने आधार र कारण प्रस्ताव गरी आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानूनबमोजिम कारवाहीको प्रक्रिया अघि बढाउने निर्णय कार्यपालिकाले गरेको प्रवक्ता सन्तोष मुडभरीले जानकारी दिनुभयो ।
त्यसैगरी खरीद प्रक्रियामा दायित्व भएका कार्यालयका कर्मचारीलाई पनि गलत भए÷नभएको विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको बताइएको छ । खरीद प्रक्रियामा काम गर्ने दायित्व भएका व्यक्तिले पनि केही लापरवाही गरेको पाइयो भन्ने छानबिन समितिले प्रतिवेदनमा औँल्याएकाले त्यसका आधारमा सो कार्यमा संलग्न कर्मचारीलाई स्पष्टीकरण सोधी कारवाही प्रक्रिया अगाडि बढाइने प्रवक्ता मुडभरीको भनाइ छ ।
धनगढी ४ मा वितरण भइरहेको राहतमध्ये केही व्यक्तिले वैशाख २९ गते बुझेको चामलमा कीरा परेको छ भन्ने गुनासो आएपछि आपूर्तिकर्ता फार्म र उपमहानगरपालिका विवादमा तानिएको थिए । त्यसपछि उपमहानगरपालिकाले राहत वितरणको काम रोकेर वैशाख ३१ गते कार्यपालिकाको बैठकबाट पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । सोही समितिको प्रतिवेदनका आधारमा नगरकार्यपालिकाले आपूर्तिकर्ता फार्म र खरिद प्रक्रियामा दायित्व भएका कर्मचारीलाई कारवाही प्रक्रिया अगाडि बढाउन थालिएको बताइएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्