×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा २५ मेबाट आन्तरिक उडान खुल्दै, नेपालमा कहिले खुल्ला ?

LAXMI SUNRISE BANK

भारतमा २५ मेबाट आन्तरिक उडान खुल्दै, नेपालमा कहिले खुल्ला ?

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतले २५ मेबाट आन्तरिक उडान खुला गर्ने घोषणा गरेको छ । भारतीय नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले २५ मेबाट हवाई सेवा सूचारु गर्ने तयारी गर्न सबै विमानस्थल र वायुसेवा कम्पनीलाई निर्देशन दिएका छन् ।
भारतमा ३१ मेसम्म लकडाउन बढाइएको छ । तर, राजधानी नयाँ दिल्लीसहित कतिपय शहरमा शर्तसहित लकडाउन खुकुलो भएको छ । मन्त्री पुरीले टुइट गर्दै सबै कम्पनी र विमानस्थललाई सेवा सूचारु हुने जानकारी गराएका हुन् । उनका अनुसार भारतले हवाई उडानका दौरान पालना गर्नुपर्ने निर्देशिका भने सरकारले जारी गर्ने भएको छ । भारतमा नागरिक उड्डयन प्राधिकरणले भने यात्रुका लागि सुरक्षा निर्देशका जारी गरिसकेको छ । यता नेपालमा भने  सबै उडान जेठ मसान्तसम्म बन्द गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी