×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

LAXMI SUNRISE BANK

स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बीमा

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मेलम्ची । जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको रु एक लाख बराबर कोरोना जोखिम बीमा गर्ने भएको छ । बुधबार गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बीमाङ्क रकम प्राप्त गर्ने र रु १० लाख बराबरको स्वास्थ्य बीमा गर्ने भएको छ । बीमावापतको शुल्क जनप्रतिनिधि आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको सो गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
यसैगरी सो गाउँपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै सेलाङ मावि सेलाङ, गोल्चे बगर, वडा नं ३ कालीदेवी मावि पाङताङ, डल्लेपोखरी पाङताङ, रत्नराज्य मावि चनौटे, हगाम र जलदेवी माविमा सुरक्षित आवासस्थल तयार गर्ने उनले बताए ।
होम क्वारेन्टिनलाई व्यवस्थित गर्न बनाइएको मापदण्ड पारित गर्ने तथा उक्त मापदण्डको पालनाका लागि उचित प्रचारप्रसार गर्ने र जुगल बाहिरबाट आएका जोसुकै व्यक्तिका लागि अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय गरिएको जनाइएको छ । गाउँपालिकाले कोरोना सङ्क्रमण परीक्षणको दायरालाई बढाइ आव २०७७÷७८ को नीति तथा कार्यक्रम तयारीका लागि विषयगत समितिहरुले कार्य थालनी गर्नेछन् ।  – रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी