
कपिलवस्तु । कपिलवस्तु जिल्लाका ३९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ । जिल्लाका पाँच पालिकाबाट स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि तीन छुट्टाछुट्टै स्थानमा पठाइएको हो । सोअनुसार कपिलवस्तु नगरपालिकाका १२१, शिवराज नगरपालिकाका एक सय, कृष्णनगर नगरपालिकाका १०५, मायादेवी गाउँपालिकाका ६७ र शुद्धोधन गाउँपालिकाका चार जनाको स्वाब संकलन गरिएको जिल्ला स्वस्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले जानकारी दिनुभयो । बुधबार साँझ कपिलवस्तुको भैरहवा, शिवराजको काठमाडौ, कृष्णनगरको भैरहवा, मायादेवीको दाङ र शुद्धोधनको भैरहवा परीक्षणका लागि स्वाब पठाइएको बताइएको छ ।
यस्तै बुधबार मायादेवीका १०८, महाराजगञ्जका ८० र शुद्धोदनका ५० जनाको आरडिटी गरिएको छ । हालसम्म जिल्लामा एक हजार ७३९ जनाको स्वाब संकलन भएको छ । यसैबीच जिल्लाका २६ पत्रकारको स्वाब संकलन गरिएको मध्ये १७ जनाको नतिजा नेगेटिभ आएको छ । जोखिममा रहेका पत्रकारमा कोरोना त्रास बढेसँगै विभिन्न स्थानवाट स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्