- अर्थ सरोकार सम्बाददाता
धरान । ५१ वर्षीय धरानकी कोरोना संक्रमित महिला दिल्लीबाट फर्किएको पाइएको छ । उनका एक जना आफन्त दिल्लीमा उपचाररत थिए । त्यही क्रममा उनी दिल्ली आउजाउ गरेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय, धरानका प्रमुख सागर प्रसाईंले बताए ।
उनका अनुसार महिलालाई बिहानै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइसकिएको छ । शंका लागेपछि महिला आफैं परीक्षण गराउन अस्पताल पुगेकी थिइन् । धरानमा हालसम्म चार जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । मुलुकभर ४ सय ४४ संक्रमित भेटिएका छन् ।