×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका बिरामीलाई मलेरियाविरुद्धको औषधि प्रयोग गर्न ब्राजिल सरकारको अनुमति

LAXMI SUNRISE BANK

कोरोनाका बिरामीलाई मलेरियाविरुद्धको औषधि प्रयोग गर्न ब्राजिल सरकारको अनुमति

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि दुई विवादित मलेरियाविरुद्धको औषधि प्रयोगमा ल्याउन अनुमति दिएको छ । ब्राजिलमा कोरोना संक्रमित बिरामीको उपचारका लागि क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोग गर्न अनुमति दिइएको छ । तर यी दुवै औषधि कोरोना उपचारमा प्रभावकारी साबित भने भइसकेका छैनन् ।
गत मार्चमा ब्राजिलका राष्ट्रपति जेर बोलसोनारोले सोसल मिडियाहरुमा हाइड्रोक्सिक्लोरोक्विन कोरोना उपचारमा प्रभावकारी रहेको दाबी गरेका थिए । तर पछि फेसबुक र ट्विटरमा फेक न्युज फैलाएको भन्दै विरोध हुन थालेपछि उनले आफ्नो दाबी प्रस्तुत गरिएका पोस्टहरु हटाएका थिए ।
गत सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफूले हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको बताएका थिए । तर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले राष्ट्रपति ट्रम्पको यो दाबी सुरक्षित र प्रभावकारी नभएको स्पष्ट पारेको थियो । केही समयअघि वैज्ञानिकहरुले यो औषधि कोरोना संक्रमित बिरामीलाई दिँदा आँखा, मुटुलगायत अन्य अंगमा ठूलो असर गर्ने निष्कार्ष निकालेका थिए । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी