×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ लाख ३० हजारले गरे कोरोना बिमा, प्रिमियम संकलन कति ?

LAXMI SUNRISE BANK

१ लाख ३० हजारले गरे कोरोना बिमा, प्रिमियम संकलन कति ?

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गइरहेको छ । जसले गर्दा कोरोना भाइरसलाई लक्षित गर्दै बिमा समितिले ल्याएको कोरोना बिमा पोलिसीमा आकर्षण बढ्दै गएको देखिएको छ । प्राप्त भएको जानकारी अनुसार बुधबारसम्म १ लाख ३० हजार बढीले कोरोना बिमा गरिसकेका छन् ।
निर्जीवन बिमा कम्पनीहरूका सीईओहरूको संगठन निर्जीवन बिमक संघका अध्यक्ष दीप प्रकाश पाण्डले दिएको जानकारीअनुसार १ लाख ३० हजार व्यक्तिको बिमाबाट ७ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको छ।
सामान्यतया: युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।
परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ । उक्त बिमाको अवधि एक वर्ष रहने र बिमा गरेको १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा बिमा रकम प्राप्त गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी