×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटको ईशनाथ नगरपालिकाको पोखरीको डिलमा १० लाख १० हजार नगद भेटियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रौतहटको ईशनाथ नगरपालिकाको पोखरीको डिलमा १० लाख १० हजार नगद भेटियो

Artha Sarokar

८ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
रौतहट । प्रहरीले रौतहटको ईशनाथ नगरपालिकाको पोखरीको डिलमा १० लाख १० हजार रुपैयाँ छरिएको अवस्थामा बरामद गरेको छ । डुमरीया माइस्थान चोक सँगै रहेको पोखरी छेउमा दुई जना व्यक्तिहरु प्रहरीलाई देखेर भागेको र सो स्थानमा पैसा छरिएको अवस्थामा फेला परेको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताले बताए ।
ना ५४ प २११६ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई ईशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोज्दा उनीहरु रोकिएनन् । प्रहरीले पछयाउन थालेपछि डुमरीया माइस्थान चोक सँगै रहेको पोखरीको छेउँमा उनीहरु मोटरसाइकल छोडेर भागेका थिए ।
त्यहाँबाट बरामद रकम औरैयाका प्रहरी सहायक निरीक्षक ललित कुमार साहले नगर प्रमुखको घरमा लगेर रोहबरमा गन्न लगाएका थियो । रकम गन्दा १० लाख १० हजार रुपैयाँ रहेको पाइएको मेयर मेहताले बताए । बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ । फरार भएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी