
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । नेपालमा थप ८ जना कोरोना संक्रमित व्यक्ति निको भएका छन् । विराटनगरस्थित कोसी अस्पतालअन्तर्गत कोभिड उपचार केन्द्रमा उपचाररत आठ जना कोरोना संक्रमित निको भएका हुन् ।उदयपुरको भुल्के क्षेत्रका तीन जना नागरिक र भुल्केस्थित मस्जिदमा सङ्क्रमित देखिएका पाँच जना भारतीय नागरिक कोरोना भाईरसमुक्त भएका हुन् ।
उनीहरुको पछिल्लो परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि चिकित्सकको सुझाव अनुसार डिस्चार्ज गरिएको हो । डिस्चार्ज भएकाहरूमध्ये पाँचजना भारतीयलाई विराटनगरमा र उदयपुरका तीनजना नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहमा पठाइने भएको छ ।
बुधबार डिस्चार्ज भएका आठ जनासहित विराटनगरबाट डिस्चार्ज हुनेको सङ्ख्या २५ पुगेको छ भने देशभर निको हुनेको संख्या ४५ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्