
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एपि वान टेलिभिजनको नक्कली प्रेस कार्ड भिरेर चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार लकडाउनको मौका छोपेर विभिन्न समयमा चोरीमा संलग्न पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट विभिन्न ब्राण्डका ल्यापटप, क्यामरा, नगद ५३ हजार, ३०० डलर, २०० युआनसहित धारिलो हतियारसमेत फेला परेको एसपी कार्कीले बताए ।

पक्राउ पर्नेमा सनुसरीका २१ वर्षीय हिमाल रसाइली र बाराका २८ वर्षीय अलि आलम मिया रहेका छन् ।महाशाखा र महानगरीय प्रहरी वृत्त, गौशालाबाट खटिएको संयुक्त टोलीले एरेर ५१ ब्वाइज होस्टलबाट चार वटा ल्यापटप र चाबहिलको भत्केको पुलस्थित डा. सुविनको मानन्धरको घरबाट म्याक बुक र एप्पलको आई प्याड चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुको संलग्नता भेटेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्