×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिनिधिसभामा प्रधानमन्त्री ओली : कोरोना महामारीले देशलाई महँगोमा मूल्यवान शिक्षा दियो !

LAXMI SUNRISE BANK

प्रतिनिधिसभामा प्रधानमन्त्री ओली : कोरोना महामारीले देशलाई महँगोमा मूल्यवान शिक्षा दियो !

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीले महँगोमा नेपाललाई मूल्यवान शिक्षा दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै  कोरोना तितो यथार्थ भएको र यसले आफू र आफ्नो सरकारलाई गम्भीर बनाएको बताएका हुन् ।
यस्तै कोरोनाले अर्थतन्त्रमा गम्भीर नकारात्मक प्रभाव पारेको तर यसो भन्दै गर्दा पुरै लम्पसार परेर मात्रै समस्या समाधान नहुने र अर्थतन्त्र चलायमान बनाउन विकास निर्माणलाई पनि जोड दिइएको उनले बताए । केही सांसद र नीजि क्षेत्रले राहतको प्याकेज नआएको बताएका बेला प्रधानमन्त्रीले भन्नुभयो, ‘प्याकेज देखाउने कुरा होइन । जता जाँदैछौं त्यसअनुसार आर्थिक हिसाबले काम गर्नुपर्ने हुन्छ । जसलाई प्याकेज जरुरी छ, सरकारले महसुस गरेर ल्याउँछ । रोजगारी सृजना गर्न र सबैको दैनिकी सहज बनाउने बाटोमा सरकार जान्छ ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी