×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोना प्रभावले मुलुकको अर्थतन्त्र कमजोर हुन नदिन सरकार गम्भीर छ’ : प्रधानमन्त्री ओली

LAXMI SUNRISE BANK

‘कोरोना प्रभावले मुलुकको अर्थतन्त्र कमजोर हुन नदिन सरकार गम्भीर छ’ : प्रधानमन्त्री ओली

६ जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना प्रभावले मुलुकको अर्थतन्त्र कमजोर हुन नदिन सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई संबोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन् । 
यस्तै कोरोनाले उत्पन्न संकटबाट विश्वलाई पारेको असरबाट नेपाल पनि अछुतो नरहेको बताउदै प्रधानमन्त्री ओलीले खाद्यान्न वस्तुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सरकार गम्भीर रहेको चर्चा गरे । साथै कोरोनाबाट पारेको प्रभावलाई ध्यानमा राखेर सरकारले नीति तथा कार्यक्रममा यथेष्ट कार्यक्रम समेटेको उल्लेख गर्दै मुलुकको आर्थिक अवस्था कमजोर हुन नदिन सरकार गम्भीर रहेको बताए । 
प्रधानमन्त्री ओलीले कोरोनाले प्रभाव पार्ने हरेक क्षेत्रमा सरकारले ध्यान पु¥याएको बताए । उनले रोजगारीको अवसर उपलब्ध गराउने विषयमा पनि तयारी सुरु गरिएको र अति विपन्न वर्गको गाँसबासमा असर पर्न नदिन पनि सरकारले योजना बनाएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी