Skip to content
LAXMI SUNRISE BANK

गुल्मीका कोरोना संक्रमित ४१ वर्षिय पुरुष शिक्षक भएको खुलासा, क्रिमसन अस्पताल सिल !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
गुल्मी । सोमबार कोरोना पुष्टि भएका गुल्मीको मदाने गाउँपालिकाका पुरुष शिक्षक रहेको पाइएको छ । उपचारका लागि भर्ना भएका उनमा कोरोन संक्रमण पुष्टि भएपछि अस्पताल पनि बन्द गरिएको छ । जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका ४१ वर्षीय उनमा आज कोरोना संक्रमण पुष्टि भएको हो । 
निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका उनको प्रदेश प्रयोगशालामा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल चारैतिर बन्द गरिएको प्रशासन प्रमुख मनमोहन भट्टराईले जानकारी दिए । 
अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई भित्र जान र बाहिरिन रोक लगाइएको उनले बताए । मदानेको एक विद्यालयमा अध्यापन गराउँदै आएका उनिमा एक्कासि ज्वरो आउने र रुघाखोकीको समस्या भएपछि एम्बुलेन्समार्फत उपचारका लागि क्रिमसन अस्पताल आएका मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK