- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना सबै कर्मचारीहरुको कोरोना माहामारी बिरुद्धको बीमा गरेको छ । वित्तीय संस्थाले प्रभु इन्स्योरेन्स मार्फत सबै (स्थायी, करार, प्रशिक्षार्थी तथा दैनिक ज्यालादार कामदार) कर्मचारीको कोरोना बीमा गरेको हो ।
संस्थाले वित्तीय संस्थामा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको बीमा गरेको हो ।
बीमा भए पश्चात अब वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरस परिक्षण गर्दा पोजेटिभ पाईएमा इन्स्योरेन्स कम्पनीले तोकिय बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने कुरा वित्तीय संस्थाले जानकारी गराएको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।
हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५५ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब २ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्