काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ । यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुव्र्यवहार गर्ने, कानून विपरीतका कार्य गरी मनोबल गिराउने काम भइरहेको भन्दै मन्त्रालयले स्वास्थ्यकर्मीको मनोबल गिराउने काम नगर्न समेत भनेको छ ।
स्थानीय केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई बिना कारण निकाल्नेलगायतका अमानवीय कार्य भइरहेकोप्रति पनि गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विश्वव्यापी महामारीका विरुद्ध लड्न सबैको सामूहिक प्रयास आवश्यक हुनुपर्नेमा आपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नहुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा आइतबार जारी विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधि नगर्न र नगराउन अनुरोध गरिएको छ । आदेशको बेवास्ता वा अटेरी गरी अवाञ्छित क्रियाकलापमा संलग्न भए कानूनबमोजिम हदैसम्मको कारवाही गर्ने मन्त्रायले जनाएको छ ।
नेपाल सरकारको निर्णयले सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरेको बन्दाबन्दीको आदेशको कार्यान्वयन गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गरेको र जारी आदेशको अपहेलना गर्ने वा काममा बाधा पु¥याउने जुनसुकै व्यक्तिलाई पनि सोही कानूनबमोजिम सजाय हुने मन्त्रायले जनाएको छ ।
ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
कोभिड–१९ को सङ्क्रमणबाट जोगाउन ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । शिखर इन्स्युरेन्सले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा विभिन्न प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो । सो क्रममा महाशाखा प्रमुख ढकालले लकडाउनलाई कडाइका साथ पालना गराउन अग्रपङ्तिमा रहेका ट्राफिक प्रहरीलाई प्राप्त स्वास्थ्य सामग्रीले सङ्क्रमणको जोखिमबाट बच्न सहयोग पुग्ने बताउनुभयो ।
इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत पाण्डेले नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई सङ्क्रमणको जोखिमबाट बच्न र मनोबल बढाउने विश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको उल्लेख गर्नुभयो ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार उक्त इन्स्युरेन्स प्रालिबाट एन ९५ मास्क एक हजार ५०० थान, मेडिकल मास्क पाँच हजार, चस्मा एक हजार ५००, फेस सिल्ड ९भाइजर० एक हजार ५०० थान, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री उपलब्ध भएको छ । उक्त सामग्री सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिसकिएको समेत उहाँले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्