
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालमा ३० जिल्लामा कोरोना भाइरस फैलिएको छ । ७७ जिल्लामध्ये ३० जिल्लाका व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ३०४ जना कोरोना संक्रमित व्यक्तिहरु फेला परेका छन् । जसमा सबैभन्दा बढी पर्सा जिल्लाका संक्रमित छन् । पर्सामा ९१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने कपिलवस्तु ४२ जना कोरोना संक्रमित भेटिएका छन्।
नेपालमा कोरोना संक्रमित देखिएकामध्ये ३६ जना उपचारपछि घर फर्किएका पनि छन्। दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
हेनुहोस् कुन जिल्लामा कति संक्रमित भेटिए ?
पर्सा – ९१
कपिलवस्तु – ४२
बाँके – ३४
उदयपुर – ३३
रुपन्देही – २८
रौतहट – २१
काठमाडौँ – ७
धनुषा – ६
कैलाली/बारा – ४/४
चितवन/महोत्तरी/सर्लाही/दाङ – ३/३
बाग्लुङ/झापा/बर्दिया/ धादिंग/मोरङ/भक्तपुर- २/२
भोजपुर/कंचनपुर/सिराहा/सप्तरी/सिन्दुपल्चोक/मकवानपुर/नवलपरासी(पुर्व)/नवलपरासी (पश्चिम)/काभ्रे/धनकुटा – १/१
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्