×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित व्यक्ति भेटिएपछि विराटनगरका दुई टोल सिल

LAXMI SUNRISE BANK

कोरोना संक्रमित व्यक्ति भेटिएपछि विराटनगरका दुई टोल सिल

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगर महानगरपालिकाको दुईवटा वडा सिल गरिएको छ । कोरोना संक्रमित भेटिएपछि विराटनगर महानगरपालिकाको वडा नं ६ र १५  सिल गरिएको हो ।
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार अब उक्त वडामा हिँडडुल गर्न पाइने छैन ।आइतबार विराटनगरमा २ जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला पाँच दिनअघि भारतबाट आएकी हुन् ।
संक्रमणको जोखिम बढेपछि अर्को सूचना जारी नभएसम्म अतिआवश्यकबाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी