×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै !

LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै !

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आन्तरिक ऋण उठाउन केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र १ वर्षको लागि ट्रेजरी बिल बिक्री गर्ने लागेको हो । 
राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लगिएको हो । जुन भदौ २ गते परिपक्क हुनेछ । यस्तै १८२  दिन अवधिको ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । जुन मंसिर २ गते परिपक्क हुनेछ । 
साथै राष्ट्र बैंकले एक वर्षको लागि १ अर्ब ८९ करोड रुपैयाँको ट्रेजरी गर्ने भएको हो । यो २०७८ जेठ ४ गते परिपक्क हुनेछ । लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन् । यस सरकारी ऋणपत्रको बोलकबोल जेठ ५ गते अपराह्न ३ बजे खुला गरिने राष्ट्र बैंकले जनाएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी