×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिम्पियाधुरासहित नयाँ नक्सा तयार, मन्त्रिपरिषद बैठकमा लैजाने तयारी….

LAXMI SUNRISE BANK

लिम्पियाधुरासहित नयाँ नक्सा तयार, मन्त्रिपरिषद बैठकमा लैजाने तयारी….

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले लिम्पियाधुरासहितको भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको छ । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सासहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् ।
सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा,कालापानी र लिपुलेकसहितको नक्सा जारी गर्ने भनिएको र नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेकोले नयाँ नक्सा काशन गर्न नापी विभागलाई मन्त्री अर्यालले निर्देश गरेकी हुन् । सोहि अनुसार विभागले नयाँ नक्सा तयार पारिसकेको छ ।
नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछिमात्र त्यो पारित हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी