काठमाडौँ । मानिसहरुले बहुमूल्य धातु सुनका गरगहना सुरक्षाका लागि बैंकको लकरमा राख्ने गरेका छन्। यदि तपाइँले लकरमा राखेको सुन गरगहनापछि निकाल्न जाँदा ढुंगामा परिणत भएको रहेछ भने के होला ?
यस्तै आश्चर्यमूलक घटना भएको छ छिमेकी मुलुक भारतको राजस्थानको जालौर जिल्लामा। त्यहाँका एक व्यक्तिले बैंकको लकरमा सुनका गरगहना राखेका थिए। करिब ५ वर्षपछि बैंकको लकरबाट सुन निकाल्न खोज्दा त्यहाँ ढुंगा थुपारेर राखिएको पाइएको हो।
हालै राजस्थानको जालौरको तिलकद्वारस्थिर एसबीआई बैंकमा यो घटना भएको हो । स्थानीय पारसमल जैनले एसबीआई बैंकको लकरमा सुरक्षाका लागि राखेका सुन सबै गायब थियो भने लकरभित्र ढुंगा थुपारिएको थियो।
पारसमल महाराष्ट्रको भिवन्डीमा व्यापार गर्छन् । लकडाउनका क्रममा उनी २० दिनअघि मात्रै जालौर फर्किएका थिए । त्यसपछि पारसमलले बैंकको लकरबाट आफ्नो सुन निकाल्ने योजना बनाए । बैंकमा गएर आफ्नो लकर खोल्न लगाए । लकर खुल्नासाथ पारस मल छाँगाबाट खसेजस्तै भए। किनकि उनले सुन राखेको लकरमा ढुंगाहरु राखिएका थिए ।
पारसमलले यस विषयमा कोतवाली प्रहरी थानमा रिपोर्ट लेखाएका थिए। रिपोर्टमा उनले आफूले बैंकको लकरमा राखेको ८०० ग्राम सुनका गरगहनाको ठाउँमा ढुंगाहरु फेला परेको उल्लेख गरेका छन्।
यो घटनाले अहिले एसबीआई बैंकमा हलचल मच्चिएको छ। प्रहरीमा रिपोर्ट दर्ता गर्नुअघि पारसमलले बैंक शाखाका व्यवस्थापक राम दीनसँग सम्पर्क गर्ने कोसिस गरेर भएन। त्यसपछि बैंकका अन्य अधिकारीहरुसँग पनि कुराकानी गर्न खोजे तर सम्पर्क भएन। अन्ततः आफू प्रहरीमा रिपोर्ट लेखाउन बाध्य भएको पारसमल बताउँछन् ।
उता व्यवापक राम दीनले उपभोक्तालाई दिइएको लकरको चाँबी उपभोक्तासँगै हुने दाबी गरे। ‘उपभोक्ताबाहेक उसको लकर अरुले खोल्ने सम्भावना नै छैन’, उनले भने, ‘जब बैंकका अधिकारीहरुसहित पारसमलले लकर खोले तबसम्म लकर सही नै थियो तर लकरभित्र कसरी सुनको ठाउँमा ढुंगा राखियो वा भेटियो रहस्यमय बनेको छ।’ व्यवस्थापक रामले यस विषयमा अनुसन्धान गरिने बताएका छन्।
यता कोतवाली थानाका प्रहरी अधिकारी बाग सिंहले पारसमलले दर्ता गराएको रिपोर्टअनुसार अनुसन्धान सुरु गरिएको बताए। ‘हामी बैंक र पीडित पक्षसँगे सोधपुछ गरिरहेका छौँ छिटै यो घटनाको सत्यतथ्य बाहिर ल्याउने छौँ’, उनले भने। – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्