×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना त्रास : वीरगञ्जबाट ट्रक चढेर पोखरा पुगेका व्यक्ति फर्काइए

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना त्रास : वीरगञ्जबाट ट्रक चढेर पोखरा पुगेका व्यक्ति फर्काइए

Artha Sarokar

४ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । वीरगञ्जबाट पोखरा पुगेका एकजनालाई आइतबार (आज) वीरगञ्ज नै फिर्ता पठाइएको छ । कोरोना प्रभावित क्षेत्रबाट पोखरा प्रवेश गरेको भन्दै महानगरले वीरगञ्जनै फर्काएको हो । ती पोखरा महानगरपालिका–५ पस्र्याङमा मजदुरी गर्ने व्यक्ति रहेको पाइएको छ ।
वीरगञ्जबाट ट्रक चढेर ती व्यक्ति शनिबार पोखरा पुगेका थिए । आटा–मैदा बोक्ने गाडीमा आएका उनले चेकजाँचका क्रममा सहचालक बताएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । ‘बिना अनुमति पोखरा प्रवेश गर्नेलाई यहाँबाट फिर्ता पठाएका हौं । उनलाई यहाँ राखेको भए फेरि अर्को नजीर बस्थ्यो,’ उनले भने । नेपालीले स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासनको रोहबरमा ती व्यक्तिलाई वीरगञ्ज फिर्ता पठाइएको जानकारी दिए ।
कोरोना संक्रमण नभेटिएको पोखरामा केही समयअघि कास्की प्रशासनले विज्ञप्ति नै निकालेर लकडाउन खुकुलो भएको जनाएको थियो । निश्चित मापदण्ड तोकेर सवारी आउजाउका लागि पाससमेत आवश्यक नपर्ने बनाएको थियो । तर, पछिल्लो समय गृहमन्त्रालयले नै सबै जिल्लाका सवारी पास रद्ध गरी लकडाउन कडाइ गरेकाले पोखरामा पुनः लकडाउनमा कडाइ भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी