
काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ।
यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। संयुक्त अरब इमिरेट्स (युएइ) मा नौ, साउदी अरबमा दुई तथा आयरयाण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन, स्वीडेन र नेपालमा एकएक जनाको मृत्यु भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो। मृत्यु हुनेमा ७७ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ।
कोरोना भाइरसका कारणले यो साता मात्र नेपालसहित थप १८ जनाले ज्यान गुमाएका हुन् । सो साता ज्यान गुमाउनेमा बेलायत १२, युएई तीन, साउदी अरब दुई र नेपाल एक रहेको एनआरएन स्वास्थ्य समितिले जनाएको छ। यस्तै एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर छ हजार ७८१ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्। तीमध्ये मध्यपूर्वमा ५३, अमेरिकामा २३, युरोपमा १९ र एशियामा पाँच प्रतिशतमा संक्रमणमा देखिएको छ। अष्ट्रेलियामा एक प्रतिशतभन्दा कम संक्रमण देखिएको छ। अफ्रिकी मुलुकमा रहेका नेपालीमा कोरोना संक्रमण नदेखिएको कोडिभ –१९, उच्चस्तरीय समिति एनआरएनका प्रेस संयोजक चिरन शर्माले जानकारी दिनुभयो।
संक्रमितमध्ये ३५ प्रतिशतभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ। डा सापकोटाले कोरोना संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन नेपाली समुदायलाई अनुरोध गर्नुभएको छ। उहाँले कोरोना संक्रमणको शंका लागेका तुरुन्त आफ्नो चिकित्सककहाँ वा संघको स्वास्थ्य सेवा हटलाइनमा सम्पर्क गर्न आह्वान गर्नुभएको छ।
विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडानुसार ११ देशमा गैरआवासीय नेपालीको ज्यान गएको छ भने बाँकी १९ देशमा रहेका नेपाली कोभिड १९ बाट संक्रमित छन्। स्वास्थ्य समितिका अनुसार कतारमा दुई हजार पाँच सय, अमेरिकामा एक हजार ६ सय, बेलायतमा एक हजार २२१, बहराइनमा ३११, युएईमा दुई सय, कुवेतमा ८४, नेपालमा २८१, साउदी अरबमा ६७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेन र क्यानडामा १३–१३, अष्टे«लियामा १२, जापान र माल्दिभ्समा १०–१०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा पाँच, जर्मनी र फिनल्याण्डमा चार, साइप्रस र न्युजिल्याण्डमा तीनतीन, माल्टा, हङ्गकंङ्ग र पोल्याण्डमा दुईदुई तथा म्यान्मा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।
राहत वितरण
एनआरएनले कोभिड –१९ बाट प्रभावित देशमा राहत वितरण भइरहेको जनाएको छ। संघका महासचिव डा हेमराज शर्माका अनुसार ४९ देशका तीन सय क्षेत्र ९शहर० मा एक हजार ६ सयभन्दा बढी स्वयमसेवक र स्वास्थ्य सेवामा ७० भन्दा बढी मेडिकल चिकित्सक परिचालन गरिएको छ। संघका अनुसार शनिबार साँझसम्म ३८ हजारभन्दा बढी गैरआवासीय नेपालीले प्रत्यक्ष र ४० हजारभन्दा बढीले परामर्शसेवा प्राप्त गरेका छन्।
मलेसिया, युएई, साउदी अरब, कुवेत, बहराइन, स्पेन, पोर्तुगल, इटली, माल्टा र साइप्रसमा संस्थाले करीब रु ५५ लाख आर्थिक सहयोगसमेत पठाएको संघका कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिनुभयो। स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ।
यसअघि संघले अध्यक्ष कुमार पन्तको अध्यक्षतामा कोभिड –१९ उच्चस्तरीय समिति गठन गरेर विभिन्न उपसमिति गठन गरि विश्वभर राहतका लागि अभियान सञ्चालन गरेको थियो । – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्